राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापनको मिलोमतोमा ऐन विपरितउच्च पदस्थ कर्मचारीहरु ट्रेड यूनियनहरुको नेतृत्वमा

राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापनको मिलोमतोमा ऐन विपरितउच्च पदस्थ कर्मचारीहरु ट्रेड यूनियनहरुको नेतृत्वमा



काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा सन्चालित राष्ट्रिय वाणिज्य बैंकमा ट्रेड यूनियन ऐन २०४९ मा भएको व्यवस्था विपरित उच्च पदस्थ बैंकका कर्मचारीहरु बैंकमा क्रियाशिल ३ वटा ट्रेड यूनियनहरुको नेतृत्वमा रहेको पाइएको छ ।

श्रम तथा रोजगार कार्यालय काठमाडौंले राष्ट्रिय वाणिज्य बैंकलाइ पत्राचार गर्दै टे«ड यूनियन ऐन २०४९ को दफा २ को (ख) बमोजिम प्रबन्धक तह (आठौ तह) को कर्मचारीलाइ ट्रेड यूनियनको कुनै समितिको पदाधिकारी वा सदस्य पदमा सहभागी हुन नपाइने व्यवस्था रहेकोले सोही बमोजिम गर्न गराउनु हुन आदेश गरेतापनि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा प्रबन्धक तह (आठौ तह) राम प्रसाद जोशी , नेपाल वित्तिय संस्था कर्मचारी संघको अध्यक्षमा प्रबन्धक तह (आठौ तह) का गगनसिंह घिमिरे र नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा प्रबन्धक तह (आठौ तह) कै दिपेन्द्र कार्कीले आदेश अटेर गर्दै नेतृत्व गरिरहेका छन् । सो यूनियनहरुको महासचिव लगायत अन्य पदाधिकारीहरु समेत उच्च पदस्थ कर्मचारीहरु रहेका छन् । हिजोमात्र सम्पन्न नेपाल राष्ट्रिय कर्मचारी संगठनको महाधिबेशनबाट अध्यक्षमा पुनः दिपेन्द्र कार्की र महासचिवमा प्रबन्धक (आठौ तह) का उभार पाण्डे निर्वाचित भएका छन् ।

श्रम तथा रोजगार कार्यालयले ऐनमा भएको व्यवस्था कार्यान्वयनको लागि बैंकलाइ पत्राचार गरेको भएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ट्रेड यूनियनका पदाधिकारीहरुको पद जोगाइदिने उद्देश्यले अनावश्यक रुपमा श्रम तथा रोजगार कार्यालयलाई श्रम ऐन २०७४ , ट्रेड यूनियन ऐन २०४९ र बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम कार्यहरु भइरहेका उल्लेख गर्दै पुन पत्राचार गर्नाको साथै बैंकमा क्रियाशिल ट्रेड यूनियनहरुलाई पत्रको बोधार्थ दिएका छन् । श्रम तथा रोजगार कार्यालयमा उक्त पत्र पुगेको छैन भने क्रियाशिल यूनियनहरुलाई बैंकले बोधार्थ दिएको पत्रको आधारमा पदाधिकारीहरु आफु वैधानिक रुपमा ट्रेड यूनियनको पदाधिकारी रहेको दाबी गर्दै उक्त पदमा कार्यरत रहेको छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वको उक्त बैंकमा कार्यरत प्रबन्धक (आठौ तह ) का कर्मचारीले नेपाल सरकारको उप सचिव ( राजपत्रांकित द्घितिय श्रेणी ) स्तरको सेवा सुविधा उपभोग गरिरहेको छन् । निजामती सेवामा उपसचिव स्तरका कर्मचारी ट्रेड यूनियनमा संलग्न हुन पाउदैनन् ।

नेपालका प्रमुख राजनितिक दलसग निकट रहेर क्रियाशिल ट्रेड यूनियनका पदाधिकारीहरु ट्रेड यूनियन ऐन विपरितका क्रियाकलापहरु गर्ने, सत्ताको आडमा बैंक व्यवस्थापन सग अनैतिक सौदाबाजी गर्ने , कर्मचारी सरुवा , बढुवा , काज, बैंकको मुख्य कार्यहरु कर्जा लगानी तथा असूली , अन्य प्रशासनिक गतिविधिहरु तथा अन्य नितिगत निर्णयहरुमा अनावश्यक दबाब दिइ अनुचित लाभ लिने कार्यहरुमा तल्लीन रहेको देखिन्छन् भने बैंक व्यवस्थापन समेत आफुले गरेको गलत कार्यहरुमा ट्रेड यूनियनका पदाधिकारीहरुलाइ संलग्न गराइ अनुचित लाभ लिने गर्दछन् । ट्रेड यूनियन पदाधिकारीहरु आफु अनुकुल कार्यहरुमा तल्लीन हुनाले अन्य कर्मचारीहरु समेत व्यक्तिगत लाभका कार्यमा प्रोत्साहित हुने र अनुशासित नहुँदा बैंकको कामभन्दा व्यक्तिगत काम र ट्रेड यूनियन गतिविधिमा बढी संलग्न रहेको देखिन्छ । जसले बैंक दिनानुदिन धराशायी बन्दै जाने निश्चित देखिन्छ ।

सार्वजनिक संस्थानहरुको कार्यसम्पादनको विषयमा गम्भीर प्रश्नहरु उठिरहेको वर्तमान अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा बैंक व्यवस्थापन र उच्च पदस्थ कर्मचारीहरुको मिलोमतोमा ऐन,कानून विपरितका कार्यहरु निरन्तर भइरहनु , बैंक सन्चालक समिति , अर्थ मन्त्रालय , नियामक निकायहरु , नेपाल सरकार , संवैधानिक अगंहरुले समेत ऐन , कानून विपरितका भएका कार्यहरुलाइ वेवास्ता गर्नाले बैक दिनानुदिन धराशायी बन्दै जाने बैंकमा कार्यरत कर्मचारीहरुले चिन्ता प्रकट गरेको छन् ।