अमेरिका, बेलायत र अष्ट्रेलियाबीच विशेष सुरक्षा सम्बन्धी सम्झौंता

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच विशेष सुरक्षा सम्बन्धी सम्झौंता



एजेन्सी । अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले तीन देशले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेको बीबीसीले जनाएको छ ।

सम्झौंता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । सम्झौतापछि तीनवटै देशको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको खबरमा उल्लेख छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ ।