रुसको संसदीय निर्वाचनमा पुटिनको दल विजयी

रुसको संसदीय निर्वाचनमा पुटिनको दल विजयी



रुसको संसदीय निर्वाचनमा रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पार्टी युनाइटेड रसिया विजयी भएको छ । पुटिनको पार्टीले यस पटक पाएको मत अघिल्लो निर्वाचनको तुलनामा कम रहेको छ ।

निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको विपक्षीहरुले आरोप लगाएका छन । यद्यपि निर्वाचन आयोगले सो आरोप खण्डन गरेको छ । संसदीय निर्वाचनको अधिकांश मतगणना सकिँदा पुटिनको युनाइटेड रसिया पार्टीले करिब ५० प्रतिशत मत हासिल गरेको छ ।

अघिल्लो निर्वाचनको तुलनामा यो केही कम मत हो । सन् २०१६ को संसदीय निर्वाचनमा पुटिनको पार्टीले ५४ प्रतिशत मत पाएको थियो । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको कम्युनिस्ट पार्टीले १९ प्रतिशत मत पाएको छ । कम्युनिस्ट पार्टीको करिब ८ प्रतिशत मत बढेको छ ।

अधिकारीहरुका अनुसार ४५० सिट रहेको संसदमा पुटिनको पार्टीले करिब दुई तिहाई बढी बहुमत आउने देखिएको डिडब्ल्यु न्युजले जनाएको छ ।