जापानको समुद्रमा उत्तर कोरियाको मिसाइल प्रक्षेपण

जापानको समुद्रमा उत्तर कोरियाको मिसाइल प्रक्षेपण



एजेन्सी । उत्तर कोरियाले फेरी जापानको समुद्र नजिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले आज बिहान एउटा मिसाइल जापानको समुद्रमा प्रक्षेपण गरेको हो ।

जापानको ईस्ट सीको नामले परिचित समुद्रमा मिसाइल प्रक्षेपण भएको दावी गरिएपनि उत्तर कोरियाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियाको सेनाले उत्तर कोरिया जापानको समुद्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्ने यसअघि नै चेतावनी दिएको थियो । जापानी सञ्चार माध्यमहरूकाअनुसार रक्षा मन्त्रालयले संयुक्त राष्ट्र सङ्घले प्रतिबन्ध लगाएको ब्यालिस्टिक मिसाइल रहेको छ ।