एमाले विधान महाधिवेशनः आज समूहगत छलफलपछि सुझाव दिइने

एमाले विधान महाधिवेशनः आज समूहगत छलफलपछि सुझाव दिइने



काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनकाे आज दोस्रो दिन हो । ललितपुरको सनराइज सम्मेलन केन्द्रमा हिजाे शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा आज समुहगत छलफलबाट प्रारम्भ भएकाे छ ।

महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि आजदेखि समूहगत रुपमा छलफल सुरु भएकाे हो ।

समूहगत छलफलका लागि १० वटा समूह बनाइएका छन । महाधिवेशनमा सहभागी ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाज गर्दा एक समूहमा ६ सय जना प्रतिनिधिहरु रहने छन ।

यही प्रत्येक ६ सय जनाको समूहको छलफल आज विहान ८ बजेबाट सुरु हुनेछ । आजै दिउँसो २ बजेबाट सुझाव पेश गर्ने कार्यसूची तय भएको छ । सबै समूहका अध्यक्ष र सहजकर्ता तोकिएका छन । जसअनुसार प्रदेश १ समूह कमा सुवास नेम्वाङ र भीम आचार्यले सहजिकरण गर्नेछन भने देवराज घिमिरेले अध्यक्षता गर्नेछन । त्यस्तै प्रदेश २ समूह खमा सत्यनारायण मण्डल र रघुविर महासेठले सहजिकरण गर्नेछन भने ज्वाला साहले अध्यक्षता गर्नेछन ।

त्यस्तै वागमती प्रदेश समूह गको सहजिरकण गर्ने जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापालाई दिइएको छ । अध्यक्षता आनान्द पोखरेलले गर्नेछन । गण्डकी प्रदेश समूह घको सहजिकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन भने अध्यक्षता जगत विश्वकर्माले गर्दैछन ।

त्यस्तै लुम्बिनी समूह ङको सहजिरकणः विष्णु पौडेल र शंकर पोखरेलको जिम्मामा परेको छ भने अध्यक्षता लिला गिरीले गर्दैछन । कर्णाली प्रदेश समूह चमा सहजिकरणको काम युवराज ज्ञवाली र यमलाल कँडेलको भागमा परेको छ भने गोरख बोगटीले अध्यक्षता गर्नेछन ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश समूह छको सहजिरकण भीम रावल र लेखराज भट्टले गर्दैछन । कर्ण थापाले अध्यक्षता गर्दैछन । उपत्याका विशेष, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्र समूह ज को सहजिकरणः छविलाल विश्वकर्मा र राजन भट्टराईले गर्दैछन भने अध्यक्षताः सुजिता शाक्यले गर्दैछन ।

जनसंगठन समूह झ को सहजिकरणको जिम्मा गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीलाई परेको छ भने सुनिता बरालले अध्यक्षता गर्दैछन । केन्द्रीय निकाय र आयोग समूह ञ को सहजिरकण अमृत बोहोरा र पुष्प कडेँलले गर्दैछन भने अध्यक्षता भानुभक्त ढकालको जिम्मामा परेको छ ।