कारोरोना भाइरसको महामारीपछि वाह्य आवागमन बन्द गरिएको अष्ट्रेलिया अब एक महीना पछि खुल्ने भएको छ । कोरोना बिरुद्धको खोप लगाएका अष्ट्रेलियन र उनका आफन्तहरु आगामी नोभेम्बरदेखि देशभित्र जान पाउने छन् । कोभिड महामारी शुरु भएसँगै अष्ट्रेलिया कठोर सीमा सुरक्षा गर्ने मुलुकमध्येमा पर्छ ।
गत मार्च २०२० देखि देश बाहिर रहेका आफ्नै नागरिकलाई समेत उसले प्रवेशमा रोक लगाउँदै आएको छ । नागरिकलाई कोरोनाबाट बचाउन कठोर नीति लिनु परेको सरकारले बताउँदै आएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना ८० प्रतिशत नागरिकलाई खोप लगाइसकेको जानकारी दिंदै अब बाहिर रहेका नागरिक आउन सक्ने बताएका छन् । उनले विदेशी नागरिकले भने अहिले नै प्रवेश नपाउने बताउँदै भने – सरकारले पर्यटकहरु भित्र्याउनका लागि समेत काम गरिरहेको छ ।
प्रतिक्रिया