सामान्य नागरिकसँग राजकुमारीको बिहे

सामान्य नागरिकसँग राजकुमारीको बिहे



टोकियो । लामो समयको विवादपछि अन्ततः जपानकी राजकुमारी माकोले सामान्य नागरिकसँग विवाह गर्ने भएकी छिन् । उनीसँगै पढ्ने पुरानो साथीलाई राजकीय मान्यता दिलाउँदै उनले यो विवाह गर्न लागेकी हुन् । उनको विवाह आगामी कात्तिक ९ (अक्टोबर २६) हुन लागेको हो ।

माको र कोमुरोको जोडीको विवाह सन् २०१८ मा नै हुने निश्चित गरिएको थियो । तर त्यसबेला केटा पक्षले विवाहको खर्च जुटाउन नसकेपछि विवाह रोकिएको थियो । विवाहपछि यो जोडी अमेरिका जाने र कोमुरोले त्यही वकालत पेशा अपनाउने जनाइएको छ ।

राजकुमार फुमिहिटोकी छोरी माको र कोमुरोका विवाहका बारेमा जपानका स्थानीय अखवारले महत्वका साथ समाचार दिइरहेका छन् ।