बेलायतमा कोरोना सङ्क्रमित अस्पताल भर्ना हुने दर बढ्दो

बेलायतमा कोरोना सङ्क्रमित अस्पताल भर्ना हुने दर बढ्दो



एजेन्सी । बेलायतमा एकैदिन झण्डै ५० हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४९ हजार १५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बेलायत सरकारले यात्रा प्रतिबन्धसम्बन्धी लागू गरेको ट्राफिक सिस्टम हटाएपछि सङ्क्रमण दर उच्च भएको अन्त्र्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल बेलायतमा ३५ देखि ५५ वर्ष उमेर समूहमा कोरोना सङ्क्रमण बढी देखिएको छ ।

अघिल्लो हप्ताको तुलनामा सङ्क्रमित संख्या २० प्रतिशतले बढेको हो । एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८ दशमलव १ प्रतिशतले बढेको छ । बेलायतमा अहिलेसम्म ८४ लाख ९७ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये ६९ लाख ५४ हजार निको भएका छन् भने १ लाख ३८ हजारको मृत्यु भएको छ ।