एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण

एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण



काठमाडौं । केही दिन अघि महाकाली नदिमा आएको बाढीले बिस्तापित बनाएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय घरधुरी बिपन्न परिवारलाई गैरआवासीय नेपाली संघले राहत सामग्री उपलब्ध गरिएको छ।

प्रत्येक घर परिवारका लागि ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला र १ थान त्रिपाल उपलब्ध गराएको छ । यसैगरी पीडितका लागि २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी २ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडा, टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान र छाता १ थान पनि उपलब्ध गराएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अबलोकन र राहत कार्यमा सरिक भएका थिए । उनले जहिले पनि मातृभूमिमा आपत विपत परेको बेला विश्वभरिका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताए ।

उनले यस माननवीय कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने विश्वभरका गैरआवासीय नेपालीहरु लगायत सम्पुर्ण माहानुभाबहरुमा संघको तर्फबाट कृतज्ञता प्रकट गरे ।

यस राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्वक क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), मानार्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुँवर, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाबाट नवीनराज जोशी, स्वयंसेवक प्रदिप खनाल, सन्जु श्रेष्ठलगायतले सक्रिय सहभागिता देखाएका थिए ।

यस राहत कार्यमा पूर्व श्रम मन्त्री रमेश लेखक, स्थानीय निकायका जन प्रतीनिधिहरु, कंचनपुर जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुरबेदी, कंचनपुर जिल्ला प्रशासन कार्यलय साहयक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी, दोधरा चाँदनी नगरपालिकाका प्रमुख बीरबहदुर सुनार, भीमदत्त नगर पालिका प्रमुख सुरेन्द्र बिष्ट, उधोग बाणिज्य संघ कंचनपुरका पुर्ब उपाध्यक्ष माधबराज जोशी, संचारकर्मीहरु, सुरक्षाकर्मीहरु तथा स्थानीय बासीन्दाहरुले सहजीकरण तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।