November 29, 2021 मंसिर १३ , २०७८

नाइजरको एउटा विद्यालयमा आगलागी हुँदा २५ बालबालिकाको जलेर मृत्यु

नाइजरको एउटा विद्यालयमा आगलागी हुँदा २५ बालबालिकाको जलेर मृत्यु

नाइजरमा एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २५ जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थी पढिरहेको बेलामा आगलागी हुँदा त्यस्तो हताहती भएको हो । आगलागीबाट ज्यान गुमाउने बालबालीकाको उमेर मात्र ५ र ६ वर्ष छ ।

नाइजरको मरादी शहरको एउटा विद्यालयमा अचानक आगलागी हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । घाइते मध्ये केहि बच्चाको अवस्था नाजुक छ । नाइजेरियमा काठका कोठामा अत्याधिक विद्यार्थी राखेर पढाउने ठूलो समस्या छ । आगलागीवाट ३ वटा कक्षा कोठा पुर्ण क्षति भएका छन् । आगलागीको कारण अहिले सम्म अझात छ तर त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।