November 29, 2021 मंसिर १३ , २०७८

इक्‍वेडरको एक जेलमा विरोधी समूहबीच फेरी भिडन्त, ६८ जना कैदीबन्दीको मृत्यु

इक्‍वेडरको एक जेलमा विरोधी समूहबीच फेरी भिडन्त, ६८ जना कैदीबन्दीको मृत्यु

इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार साँझमा ग्वायाकिल शहरको एक जेलमा बिरोधी ग्याङबीच दंगा भएको थियो । दंगा नियन्त्रणका लागि जेलभित्र पसेको प्रहरी टोलीले बन्दुक तथा विष्फोटक पदार्थ भेटिएको जनाएको छ । यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झडपमा परी ३ सय जनाभन्दा बढी कैदी बन्दीको मृत्यु भएको छ । गत सेप्टेम्बर मा भएको भिडन्त इक्वेडरकै इतिहासमा सबैभन्दा खतरनाक रहेको थियो ।

विभिन्न समूहका कैदीबन्दीले जेलभित्रै प्वाल पारेर एक आपसमा समन्वय गरी आक्रमण गरेका थिए । सो घटनामा सयौं जेल अधिकारी तथा सैनिक जवान समेत मारिएका थिए ।