मोदीको सवारी २० मिनेट जाममा

मोदीको सवारी २० मिनेट जाममा



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जावको फिरोजपुरमा जाममा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारक भन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओभरमा जाममा परेको हो ।

भारतीय गृहमन्त्रालयले प्रधानमन्त्री १५-२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ । कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए ।

पञ्जाव कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ ।

तर भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनाको कारण सडकमा र्‍यालीका कारण नभइ कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन् । कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएको उनको दाबी छ ।