पाकिस्तानमा हिमपातका कारण १६ जनाको गाडीमै कठ्याङ्‌रिएर मृत्यु

पाकिस्तानमा हिमपातका कारण १६ जनाको गाडीमै कठ्याङ्‌रिएर मृत्यु



पाकिस्तानमा भएको हिमपातका कारण तापमान माइनस ८ डिग्री सेल्सियसमा झर्दा १६ जनाको मृत्यु भएको छ ।

पाकिस्तान मुरी सहरस्थित माउन्टेन रिसोर्टमा हिमपातपछि आफ्नो सवारी साधनमा अड्किएका कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मुरी क्षेत्रमा हिउँबाट रातभरीमा करिब एक हजार बढी सवारी साधनहरू बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार उक्त क्षेत्रमा रातभरमा ४ फिट भन्दा बढी हिउँ परेको र सबै यातायात अवरुद्ध रहेको छ ।

राजधानी इस्लामावादबाट करिब ४५ किलोमिटर उत्तरमा अवस्थित मुरीस्थित माउन्टेन रिसोर्ट हिउ पर्दा आन्तरिक पर्यटकका लागि जाने लोकप्रिय ठाउँ हो । जहाँ वार्षिक १० लाखभन्दा बढी पर्यटकहरूलाई जाने गरेको अधिकारीहरुको भनाइ छ ।