विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३२ करोड नाघ्यो

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३२ करोड नाघ्यो



काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३२ करोड नाघेको छ । गत २४ घण्टामा ३१ लाख ७२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३२ करोड ६ लाख ७३ हजार ६ सय ७२ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै ११ लाख ४७ हजार निको भएका छन् । यो सँगै अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये २६ करोड ३९ लाख कोरोना मुक्त भएका छन् । यस्तै थप ७ हजार सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख ३८ हजार पुगेको छ । अझै पनि विश्वभर ५ करोड ११ लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।