माओवादी केन्द्रले बुधबार बिहान १० बजे बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बुधबार बिहान १० बजे बोलायो संसदीय दलको बैठक



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

मतदान गर्न

बाँकी