यी ६ जिल्लामा आज कांग्रेसकाे अधिवेशन

यी ६ जिल्लामा आज कांग्रेसकाे अधिवेशन



काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।

सिन्धुपाल्चोकको जिल्ला अधिवेशन २६ र २७ गते हुने
नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । शनिबार केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २६ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक-पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरूको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।