माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो

माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पास गर्र्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् । सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।