नारायणकाजी श्रेष्ठलाई भेट्न विप्लव पुगे हात्तिवन

नारायणकाजी श्रेष्ठलाई भेट्न विप्लव पुगे हात्तिवन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् । एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।

मतदान गर्न

बाँकी