१-२ असारमा विधान अधिवेशन गर्ने जसपाको निर्णय

१-२ असारमा विधान अधिवेशन गर्ने जसपाको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

विज्ञप्ति
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक २०७८ साल फाल्गुन १३ गते देखि जारी रहेको छ । फाल्गुन १६ गते बसेको उक्त बैठकले २०७८ साल फाल्गुन २८ गते संघीय परिषद् र फालान २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरियो । सोही बैठकले २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरिएको छ।

प्रकाश अधिकारी
केन्द्रीय कार्यालय प्रमुख

मतदान गर्न

बाँकी