राप्रपा दार्चुला जिल्ला कार्यसमिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

राप्रपा दार्चुला जिल्ला कार्यसमिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित



दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सिङ्गो दार्चुला जिल्ला कार्य समिति कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालमा समाहित भएको छ । अध्यक्ष विरसिह बडालसहित उपाध्यक्ष रामसिह कार्की, गणेश सिह सामन्त, कोषाध्यक्ष नारायण दत्त भट्ट, सचिव करन बहादुर बमं लगायत सिंगो राप्रपा दार्चुला जिल्ला कार्यसमिति राप्रपा नेपालमा समाहित भएको अध्यक्ष बडालले बताए ।

राप्रपाको एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन पार्टीको नेतृत्वमा आएपछि कमल थापा असन्तुष्ट बनेका थिए । हालै कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टी परित्याग गरेर राप्रपा नेपाल पार्टीमा समाहित भएका छन् । एकता महाधिवेशन पछि पार्टीको नेतृत्वमा आएका लिङदेनले कार्यकर्तामा काखापाखा गरेकाले राप्रपा नेपालमा समाहित भएको जिल्ला अध्यक्ष विरसिह बडालले बताए ।

मंसिर १५ देखि १७ गते सम्म भएको राप्रपाको एकता महाधिबेशन पछि आएको नयाँ नेतृत्वले पदाधिकारी र केन्द्रिय सदस्य मनोमानी ढंगले गरेको तथा राप्रपाका निर्वतमान अध्यक्ष कमल थापाले त्यस समबन्धि छानविनका लागि दिएको पत्रको वेवास्ता गरि इमानदार कार्यकर्ताहरुलाई समेत पार्टीबाट बाहिरिन बाध्य पारेको जिल्ला अध्यक्ष बडालको भनाई छ ।