माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा



काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनकाे अधिकार केन्द्रीय कमिटीलाई दिएकाे थियाे । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेकाे छ ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए । माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।