किन जाँदैछन् परराष्ट्रमन्त्री खड्का टर्की

किन जाँदैछन् परराष्ट्रमन्त्री खड्का टर्की



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार टर्की जाँदै छन् । टर्कीको विदेश मन्त्रालयले यही फागुन २७ देखि २९ गतेसम्म (मार्च ११ देखि १३ सम्म) आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उहाँ मंगलबार साँझ त्यसतर्फ जान लागेका हुन् ।

उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।