शान्ति नमुना माविको ६३ औं वार्षिकोत्सव

शान्ति नमुना माविको ६३ औं वार्षिकोत्सव



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।
सोमबार आयोजित हाजिरी जवाफ प्रतियोगितामा रोजिना डुम्रेको समूह प्रथम, सन्देश पौडेलको समूह द्धितीय, निरज बस्यालको समूह तृतीय र सर्जक खनालको समूह चौथो भएको हाजिरी जवाफ संयोजक मोहन पौडेलले जानकारी दिए ।
यसैगरी सोमबार बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ । विद्यालयका विभिन्न क्लवहरुको अगुवाईमा शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुको सहभागीतामा कार्यक्रम गरिएको हो । प्रभात फेरिमा प्रथम हुने शान्ति विद्यालय स्वास्थ्य सेवा समूह, द्धितीय हुने नेपाल युवा रेडक्रस सर्कल र तृतीय हुने शान्ति सोसियल वेलफेर सर्कललाई नगद सहित पुरष्कृत गरिएको थियो ।
यस्तै ५ किलोमिटर म्याराथुन प्रतियोगितामा कक्षा ६ र ७ को समूहमा छात्रतर्फ लक्ष्मण गौडेल प्रथम, राम गौडेल द्धितीय र समिर नेपाली तृतीय भएका छन् भने छात्रातर्फ पूर्णिमा थारु प्रथम र सावित्रा गौडेल द्धितीय भएका छन् ।
यसैगरी कक्षा ८ देखि १० को समूहमा छात्रतर्फ जनक ढकाल प्रथम, आशिष गुरुङ द्धितीय र समिर भट्टराई तृतीय भएका छन् भने छात्रातर्फ बबिता कुवँर प्रथम, विद्या पाण्डे द्धितीय र खुष्बु थापा तृतीय भएका छन् ।
यस्तै कक्षा ११ र १२ तर्फको म्याराथुनमा छात्रतर्फ पवन कंडेल प्रथम, सुवास केवट द्धितीय र जीत बहादुर दर्जी तृतीय भएको खेल संयोजक शुसिल पाण्डेले जानकारी दिए । यसअघि भलिबल, फुटवल, क्रिकेट, कपर्दी, छेलो फाल्ने लगायतका खेलहरु समेत सम्पन्न भएका थिए ।
यसैगरी शिक्षकहरुबीच भएको मैत्रीपूर्ण फुटवल खेलमा आकाश डुम्रेको समूह प्रथम भएको छ । शेखर पौडलको समूहलाई ३–२ गोल अन्तरले हराउँदै उक्त समूह विजेता बनेको हो ।
खेलकूदमा उत्कृष्ट हुने खेलाडीहरुलाई सोमबार पुरस्कार वितरण समेत गरिएको छ । विद्यालयका सहप्रधानाध्यापक स्थानेश्वर बस्यालको अध्यक्षता तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने सहप्रधानाध्यापक किशोर कुमार खनाल, व्यवस्थापन समितिका सदस्य सुरेन्द्र के.सी., राधा घिमिेरे, गीता सुनार, शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुली लगायतले पुरष्कृत गरेका थिए ।
शान्ति नमुनाले वार्षिकोत्सवको मुल समारोह फागुन २४ गते मंगलबार गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आत्थ्यितामा हुने कार्यक्रममा छात्रवृति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, पत्रकार सम्मान, ‘नानी’ मुखपत्रको विमोचन, विज्ञान प्रदर्शनी, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने सूचना संयोजक दिनेश खड्काले जानकारी दिए ।