देउवाकाे पत्रकार सम्मेलन, स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै

देउवाकाे पत्रकार सम्मेलन, स्थानीय चुनाव केन्द्रित अभियान घोषणा गर्दै



काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् । बुधबार दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ ।

घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा कार्यक्रमबारे जानकारी गराउन लागिएको मुख्यसचिव पौडेलले बताए।

कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।