बहुमत नपुगेपछि सिन्धु कांग्रेसमा दाेस्राे चरणकाे मतदान

बहुमत नपुगेपछि सिन्धु कांग्रेसमा दाेस्राे चरणकाे मतदान



सिन्धुपाल्चोक । नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे ।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

अब जंगबहादुर र वंशलालबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुने भएकाे छ । प्रेमध्वज बाहिरिएका छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेकाे छ ।