जसपाको केन्द्रीय समिति बैठक सुरु

जसपाको केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ । बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ । शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।

मतदान गर्न

बाँकी