रुस र युक्रेनका राष्ट्रपतिबीच वार्ताको प्रयास

रुस र युक्रेनका राष्ट्रपतिबीच वार्ताको प्रयास


ग्लोब नेपाल
135
Shares

रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि दुई देशका राष्ट्रपतिबीच वार्ताको सम्भावना बढेको छ । युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयिप इर्दोगानमार्फत् आफ्ना केही पूर्वसर्तहरु अघि सार्नुभएको छ ।

झण्डै आधा घन्टा लामो टेलिफोन वार्तामा रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न सकिने बताउनु भएको हो । पुटिनको मुख्य माग युक्रेन तटस्थ बस्नु पर्ने र नेटोमा आबद्ध हुनका लागि आवेदन दिन नपाउने रहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले यसअघि नै यो कुरा स्वीकार गरिसक्नु भएको छ ।

रुसले युक्रेनको निशस्त्रिकरणको शर्त पनि अघि सारेको छ । यसैगरी युक्रेनमा रुसी भाषाको सुरक्षा र नाजिकरणको अन्त्य गरिनुपर्ने विषयलाई पनि मुख्य मुद्दा बनाइएको छ । यो विषय भने जेलेन्स्कीको लागि आपत्तिको विषय हुनसक्ने बताइएको छ । जेलेन्स्की आफैं यहूदी हुन् र उनका आफन्तहरू नरसंहारमा मारिएका थिए ।