रुस र युक्रेनबीचको शान्ति वार्ता लम्बिने संकेत

रुस र युक्रेनबीचको शान्ति वार्ता लम्बिने संकेत


ग्लोब नेपाल
216
Shares

युद्धरत रुस र युक्रेनबीच भइरहेको शान्ति वार्ता केही लम्बिने संकेत देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीका एक सहयोगीले वार्ता लम्बिन सक्ने बताएको युक्रेनी संचार माध्यमहरुले जनाएका छन् ।

वार्तामा रुसी अडान कायमै रहेको छ । युक्रेनीहरुको सुरक्षा सुनिश्चितता, रुसी सेनाको निस्कासन र युद्ध विराम जस्ता विषयले वार्तामा धेरै समय लिनसक्ने बताइएको छ । यसैबीच रुसी रक्षा मन्त्रालयले शुक्रबार राति ६९ युक्रेनी सैनिक रहेको केन्द्रहरूमा प्रहार गरेको पुष्टि गरेको छ । अर्कोतर्फ अमेरिकाले रूसले प्रयोग गर्ने एक सय विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ ।

संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले युक्रेनमा आफूहरूले न त युद्धमा प्रत्यक्ष संलग्न हुनेछन् न त युक्रेनी आकाशलाई रूसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताउनुभयो ।

रूसले युक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ । रूसको आक्रमणपछि युक्रेनबाट लाखौं शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन् ।