फोनिज युकेको अध्यक्षमा गोमा राना

फोनिज युकेको अध्यक्षमा गोमा राना


ग्लोब नेपाल
270
Shares

लन्डन । फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन भएकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् । फार्नब्रोमा आयोजित वार्षिक साधारण सभामा शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताइन् । राईले नवनिर्वाचित रानालाई कागजात हस्तान्तरण गरिन् ।

साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ । फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुईजनालाई २५–२५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।