श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक

श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक


ग्लोब नेपाल
135
Shares

एजेन्सी/कोलम्बो । कर्फ्यु घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ ।

नयाँ प्रतिबन्ध रोक्न पहलरुवरुप कठोर प्रतिबन्ध लगाइएको छ । बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सबारी साधनहरूमा आगजनी गरेको थियो ।

टापुहरूको देश श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ । इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन् ।

बिहीबार राष्ट्रपति गोटाबायो राजापाक्षेको कोलम्बोस्थित घरबाहिर हिंसात्मक आन्दोलन भएको थियो । प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछि प्रहरी हस्तक्षेपका कारण हिंसात्मक बनेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास, पानीको छर्रा र लाठी प्रहार गरेपछि भीड अराजक बनेको थियो ।

ढुंगा प्रहार गरेर प्रदर्शनकारीले प्रहरीमाथि बदला लिएका थिए । प्रदर्शनकारीसँगको झडपमा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएका छन् ।

श्रीलंका पछिल्लो समयमा चरम आर्थिक सकंटबाट गुज्रिरहेको छ । कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षा रोकिएको छ । त्यस्तै, अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिन थालेको छ । यही समस्यबीच सरकारले आपतकाल घोषणा गरेको छ ।