दयाहाङ र लक्ष्मीकाे अभिनय

दयाहाङ र लक्ष्मीकाे अभिनय


ग्लोब नेपाल
297
Shares

काठमाडौं । कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’ मा दया र लक्ष्मीको जोडीलाई देख्न सकिन्छ ।

नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन छ ।