हैदराबादसँग कोलकत्ता पराजित

हैदराबादसँग कोलकत्ता पराजित


ग्लोब नेपाल
189
Shares

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा ७ विकेटले विजयी भएको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, एडिन मार्क्रमले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ खेले । कोलकत्ताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो ।

कोलकत्ताका लागि नितिश रानाले ५४ रनको अर्धशतकीय इनिङ खेले । आन्द्रे रसेल ४९ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले ३ तथा उर्मान मलिकले २ विकेट लिए । सातौं स्थानको हैदरावादले ५ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा उक्लने मौका गुमाएको कोलकत्ता कोलकत्ता ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।