रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी


ग्लोब नेपाल
216
Shares

लन्डन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ । युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे ।

सातौं मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर खेलको ७६ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई तीन अंक दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो । साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् । जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।

डर्टमन्डको आधा दर्जन गोल
बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ । सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे । यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक- एक गोल गरे । उल्फ्सबर्गको लागि बाकुले एक गोल गरे । जितपछि डर्टमुन्डले अंक तालिकामा ६३ अंक बनाएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्यनको ६९ अंक छ । पराजित उल्फ्सबर्ग ३० खेलबाट ३४ अंक सहित १३औं स्थानमा छ ।