पोखरा महानगर र तीन उपमहानगरको नेतृत्व पाउनु पर्ने एकीकृत समाजवादीको दाबी

पोखरा महानगर र तीन उपमहानगरको नेतृत्व पाउनु पर्ने एकीकृत समाजवादीको दाबी

इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व पाउनुपर्ने दाबी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए । बैठकमा नेताहरूले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे । इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगन्जको उपमेयरको उम्मेदवारहरू आफूहरूलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

बैठकमा संयोजक एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वाभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठुलो पङ्क्ति हुन्छ भन्ने बिर्सन नहुने बताएका थिए । तर एकीकृत समाजवादीका नेताहरूले वृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसदमा ८२ सिट दिएको स्मरण गर्दै आफूहरूको विद्रोहलाई बुझ्न आग्रह गरेका छन् ।