किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ?

किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ?



न्युयोर्क । के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ ।
हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाही छोटो मानिन्छ । किन ?

यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको उमेरमा मृत्यु हुनु हो । सन् २०१७ मा राष्ट्रसंघले मानिसको औषत आयु ७२ दशमलब ६ वर्ष जनाएको थियो ।
किन हाम्रो आयु लामो छ त ?

आयुले हाम्रो शरीरको आकारसँग केही सम्बन्ध राख्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार सानो शरिरको आकारले छिटो ऊर्जा खपत गर्छ जसले द्रुत गिरावट निम्त्याउँछ । उदाहरणका लागि एउटा मुसाको औसत आयु ३ दशमलब ७ वर्ष हुन्छ जबकी कुकुरको १० देखि १३ वर्षसम्म हुन्छ ।

त्यसो हो भने केवल पाँच इन्चको नांगो तिल मुसाको आयु किन जिराफ जत्तिकै हुन्छ ? जिराफ सामान्यतया २४ वर्ष बाँच्छ भने सानो मुसा २५ वर्ष बाँच्छ । नेचर जर्नलमा प्रकाशित क्याम्ब्रिजको वेलकम सेंगर इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले लामो वा छोटो आयुका पछाडि आनुवंशिक क्षय र डीएनए उत्परिवर्तनको दर रहेको जनाएको छ ।

अध्ययनअनुसार लामो आयु भएका जनावरहरूले सफलतापूर्वक आफ्नोे डीएनए उत्परिवर्तन ढिलो गर्छन्, जसले उनीहरूको लामो आयुमा योगदान पु-याउँछ । सोमाटिक उत्परिवर्तनहरू आनुवंशिक परिवर्तनहरू हुन् जुन सबै कोषिकाहरूमा हुन्छन् र प्रायः महत्वहीन हुन्छन् । तर, तिनीहरूमध्ये केहीले क्यान्सरको मार्गमा कोष राखिदिन सक्छन् वा सामान्य कार्यलाई असर गर्न सक्छन् ।

टेलीग्राफको एउटा रिपोर्टले अध्ययनका लेखकलाई उद्धृत गर्दै लेखेको छ, ‘मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय थियो । ’अब जिराफ र नग्न तिल–मुसाको उदाहरणतर्फ फर्कौ। तिनीहरूको लगभग समान आयुको चाबी आनुवंशिक उत्परिवर्तनको संख्यामा निहित छ । जिराफको आनुवंशिक उत्परिवर्तनको संख्या ९९ छ भने मुसाको ९३ हो ।

हामी मानिसहरूले एक वर्षमा मात्र ४७ उत्परिवर्तनहरू सामना फर्कौ । जबकी ३ दशमलब ७ वर्ष आयु भएका मुसाले हरेक वर्ष ७९६ उत्परिवर्तनहरू सामना गर्छन् । अनुसन्धानकर्ताहरूका अनुसार खोजले बुढ्यौली प्रक्रिया, मृत्युको अपरिहार्यता र समयको बारेमा ज्ञानको ढोका खोल्छ ।