लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार

लोकदोहोरी महोत्सवका विजेताले पाए नगद पुरस्कार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ ।

दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएकाे छ ।

प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्राे हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्राे र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई नि:शुल्क गीत रेकर्ड गरिदिने समेत महाेत्सव आयाेजक डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घाेषणा गरेकाे छ ।