कार्डिजसँग बार्सिलोना पराजीत

कार्डिजसँग बार्सिलोना पराजीत


ग्लोब नेपाल
54
Shares

स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ। ला लिगा अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना कार्डिजसँग १–० ले स्तब्ध भएको हो । बार्सिलोना घरेलु मैदानमा कार्डिजको जितमा लुकास पेरेजले निर्णायक गोल गरे । उनले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

अंक तालिकाको १६ औं स्थानमा रहेको काडिजसँगको अप्रत्याशित पराजित पछि बार्सिलोनाले ला लिगाको शिर्ष स्थानको रियाल मड्रिडसँग अंक दुरी घटाउने अवसर गुमाएको छ । लिगमा ३२ खेलबाट रियाल मड्रिडको ७५ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको सेभिया र चौथो स्थानको एथ्लेटिको मड्रिडको पनि समान ६० अंक छ ।