आईपीएलमा राजस्थानसँग कोलकाता पराजित

आईपीएलमा राजस्थानसँग कोलकाता पराजित


ग्लोब नेपाल
135
Shares

मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । आईपीएल अन्तर्गत गएराति राजस्थानले कोलकाता नाइट राइडर्समाथि ७ रनको जित निकालेको हो । २१८ रनको विशाल लक्ष्यसहित मैदान ओर्लेको कोलकाता दुई बल अगावै २१० रनमा अलआउट भयो ।

उसका लागि कप्तान श्रीयर अइयरले ८५ तथा आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै उमेश यादवले २१ रन बनाए । राजस्थान युजभेन्द्र चहेलले ह्याट्रिकसहित ५ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा २१७ रन बनाएको थियो । राजस्थानका जोश बट्लरले १०३ रन जोडे ।

त्यस्तै कप्तान सञ्जु स्यामसनले ३८ रन जोड्दा सिमरोन हेट्मेयर २६ रनमा अविजित अविजित रहे । कोलकाताका सुनिल नरायनले २ विकेट हात पारे । जितसँगै ६ खेलबाट ८ अंक जोड्दै राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कोलकाता भने ७ खेलबाट ६ अंकका साथ छैठौं स्थानमा छ । आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।