यी तीनले बलिउडमा डेब्यु गर्दै

यी तीनले बलिउडमा डेब्यु गर्दै


ग्लोब नेपाल
216
Shares

भारतीय अभिनेता शाहरुख खानको छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्दै छिन् । जोया अख्तरको फिल्मबाट डेब्यु गर्न लागेकी खानले सुटिङसमेत सुरु गरिसकेकी छन् । सुहानासँगै श्रीदेवीकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । निर्माता रीमा अख्तरले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरिन् ।

यी तीनै जनाले डेब्यु गर्न लागेको फिल्मको नाम ‘द अर्चीस’ हो । तर कलाकारहरूको बारेमा भने आधिकारिक घोषणा भइसकेको छैन । नेटफ्ल्क्सिमा रिलिज हुने फिल्मको सुटिङ सुरु भइसकेको छ । रीमा बाहेक फरहान अख्तरले पनि इन्टाग्राममा फोटो सार्वजनिक गर्दै कलाकारहरूलाई शुभकामना दिएका छन् ।

फिल्मलाई जोया अख्तर र रीमा अख्तर मिलेर निर्माता गर्नेछन् । जोयाले यो फिल्मको बारेमा सन् २०२१ मा नै घोषणा गरेकी थिइन् ।