अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र अभियन्ता श्रेष्ठबीच भेटवार्ता

अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र अभियन्ता श्रेष्ठबीच भेटवार्ता


ग्लोब नेपाल
567
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिङले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता तथा नेपाली ‘एलजीबीटीक्युआई प्लस’ अभियन्ता भूमिका श्रेष्ठसँग भेट गरेकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटघाटमा नेपाली एलजीबीटीक्युआई प्लस समुदायको अधिकार र उत्थानका विषयमा छलफल भएको थियो ।

‘अमेरिका नेपालमा एलजीबीटीक्युआई प्लस समुदायको अधिकारको उत्थान र समान अवसरको पहलका लागि श्रेष्ठको योगदानको प्रसंशा गर्दछ र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि हुने प्रयासमा हरसम्भव सघाउन प्रतिवद्ध छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।

नेपाल र अमेरिकाबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ नेपाल भ्रमणमा आएकी हुन् ।