मुख्यमन्त्री पोखरेलसँग एनआरएनएको भेट

मुख्यमन्त्री पोखरेलसँग एनआरएनएको भेट


ग्लोब नेपाल
594
Shares

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटघाट सम्पन्न गरेको छ । हिजो मंगलबार भएको भेटघाटमा मुख्यमन्त्री पोखरेलले बिदेशमा रहेता पनि मातृभूमिको अगाघ प्रेम यथावत रहेको बताउँदै बिदेशमा सिकेका सिप, ज्ञान र आर्जन गरेको सम्पत्तीलाई स्वदेशमा लगानी गर्न आग्रह गरे ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रविना थापाको नेतृत्वमा भएको भेटघाट कार्यक्रममा महिला सचिब राधिका गुरुङ (टिका), सहकोषाध्यक्ष अमृता थापा कन्चन, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्थापक सल्लाहाकार प्रकाश पुन लगायतको सहभागिता रहेको थियो । सो अवसरमा संघले गर्न सक्ने कामका क्षेत्र र बिदेशमा रहेका नेपालीले नेपाल समृद्द भएको देख्न चाहेको बिषयमा छलफल भएको थियो ।