माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ?

माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ?


ग्लोब नेपाल
189
Shares

न्युयोर्क । पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।

घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् ।

टायसनसँग ‘एक आक्रामक यात्रुसँग विवाद ’ भएको र ती यात्रुले टायसनलाई ‘दुव्र्यवहार’ गरेको बक्सिङ हल अफ फेमरका प्रवक्ताले पुष्टि गरे । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो । ‘एक घाइते’लाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य उपचार गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् । थप अनुसन्धान पेन्डिङ गर्दै दुबै जनालाई गरिएको प्रवत्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाएका छैन् ।