जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता

जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता


ग्लोब नेपाल
243
Shares

जुम्ला । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिला दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । चन्दननाथ नगरपालिकाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट जयकृष्ण धरलाको मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने, ‘उपमेयरको पदका लागि हस्तना न्यौपानेको मनोनयन पत्र दर्ता भएको छ ।’

यस्तै नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा यज्ञबहादुर बुढ्थापा, वडा नम्बर ३ को वडाध्यक्षमा विर्खबहादुर सार्की, ८ नम्बर वडाध्यक्षमा अनुमति रावल, ९ नम्बर वडाध्यक्षमा भक्तबहादुर रावल र १० नम्बर वडाध्यक्षमा राज्यलक्ष्मी न्यौपानेको मनोनयन पत्र दर्ता भएको छ । मेयर उपमेयर गरि २ जना, वडाध्यक्ष ५ जना, दलित महिला सदस्य २ जना, महिला सदस्य ५ जना र खुल्ला सदस्य ९ जना गरी २३ मनोनयन पत्र दर्ता गरेका हुन् ।

जुम्लाका जिल्ला निर्वाचन कार्यालयमा १४ वटा राजनीतिक दलहरु छन् । मनोनयन दर्ताको पहिलो दिन नेपाल मजदुर किसान पार्टी बाहेक अरु कुनै पनि दलले मनोनयन पत्र दर्ता नगरेको मुख्य निर्वाचित अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । मनोननय दर्ताका लागि भोलिको समय पनि बाँकी रहेको छ ।