धादिङमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

धादिङमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु


ग्लोब नेपाल
459
Shares

धादिङ । धादिङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत जुङ्गे खोला भन्ने स्थानमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बस र मुग्लिङबाट काठमाण्डौतर्फ आउँदै गरेको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी तनहुँ जिल्ला आँबुखैरेनी बस्ने दिलबहादुर बस्नेत, भारत उत्तर प्रदेश निवासी विमल भन्द्र अग्रवाल, संध्या अग्रवाल, साधना अग्रवाल राकेश अग्रवालको मृत्यु भएको हो । उनिहरुको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा सवार एक जान घाईते भएको प्रहरीले जनाएको छ ।