इलाममा कांग्रेसले टुंगाे लगायो उम्मेदवार

इलाममा कांग्रेसले टुंगाे लगायो उम्मेदवार


ग्लोब नेपाल
297
Shares

इलाम । नेपाली कांग्रेसले इलाममा उम्मेदवार टुंगाे लगाएको छ । सत्ता गठबन्धनकाे सहमतिअनुसार आफ्नाे भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवार टुंग्याएकाे हाे । इलाम नगरपालिका मेयरमा केदार थापा, उपमेयरमा विष्णु दाहाल निर्वाचन लड्नेछन् । देउमाई नगरपालिका मेयरमा होम दुलाल, सूर्योदय उपप्रमुखमा दुर्गा बराल, माई नगरपालिका उपप्रमुखमा हेमबहादुर लिम्बुले टिकट पाएका छन् ।

रोङ गाउँपालिकाको अध्यक्षमा मणिकुमार स्याङबो, उपाध्यक्षमा चन्द्रकला राई, फाकफोकथुम गाउँपालिका अध्यक्षमा डिकबहादुर थापाको नाम टुंगाे लागेकाे छ ।

चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा डिकेन्द्र इधिङ्गो, सन्दकपुर गाउँपालिकाको अध्यक्षमा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा प्रविना राईलाई कांग्रेसले उम्मेदवार बनाउने भएको हो ।

इलाममा कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । त्यसअनुसार नेकपा एसले सूर्योदय र माइजोगमाई गाउँपालिका प्रमुख नेकपा एसले पाएका छन् ।

सूर्योदयको प्रमुखमा रणबहादुर राई र माइजोगमाईको अध्यक्षमा जीतबहादुर राईलाई चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एसले सन्दकपुर गाउँपालिकामा उपप्रमुख पाएको छ । माओवादी केन्द्रले माई नगरपालिकाको प्रमुख, देउमाई नगरपालिकाको उपप्रमुख, फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष चुलाचुली गाउँपालिकाको उपाध्यक्ष पाएको छ । जनता समाजवादी पार्टीले माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।