कांग्रेस कास्कीले चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्यायाे

कांग्रेस कास्कीले चारवटै गाउँपालिकामा उम्मेद्वार टुंग्यायाे


ग्लोब नेपाल
297
Shares

पोखरा । नेपाली कांग्रेसले मनोनयनको केही घण्टा मात्रै बाँकी छँदा कास्कीका पालिकाहरूमा उम्मेद्वार टुंग्याएको छ । पोखरा महानगरपालिकामा गठबन्धनबाट उपमेयर पाउने कांग्रेसल सुरेन्द्रमान विजुक्छेलाई उठाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर दोहोरिने भएका छन् । कास्कीको एउटा मात्र पालिका अध्यक्ष उनीले जितेका थिए । कुँवरलाई पुनः अध्यक्ष बनाउने निर्णय कास्की कांग्रेसले गरेको हो ।

अन्नपूर्णको उपाध्यक्षमा पनि यसअघि पराजित खीमकुमारी गुरुङलाई उठाउने भएको छ । मादीको अध्यक्षमा मतदानबाट देवीजंग गुरुङ उम्मेद्वार बनिसकेका छन् भने उपाध्यक्षमा इन्दिरा सापकोटा (मीना), माछापुच्छ्रे गाउँपाकिलाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारीलाई अघि सारिएको छ ।

रुपा गाउँपालिका अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठले टिकट पाएका छन् ।