काठमाडौं कांग्रेसले सबै नगरपालिकाको उम्मेदवार टुंग्यायो

काठमाडौं कांग्रेसले सबै नगरपालिकाको उम्मेदवार टुंग्यायो


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका सबै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । बागमति प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालका अनुसार कागेश्वरी मनोहरा नगरपालिकामाको प्रमुखमा उपेन्द्र कार्कीले उम्मेदवारी दिने छन् भने गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दीपक रिसाल, उपप्रमुखमा शान्ति नेपालले उम्मेदवारी दिने छन् ।

यसैगरी चन्द्रागिरी नगरपालिकाको प्रमुखमा घनश्याम गिरी, उपप्रमुखमा यमुनादेवी श्रेष्ठ, तारकेश्वर नगरपालिकाको प्रमुखमा कृष्णहरि महर्जन, उपप्रमुखमा सिर्जना बुर्लाकोटी, दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेत, उपप्रमुखमा बसन्ती तामाङ, नागार्जुन नगरपालिकाको प्रमुखमा मोहनबहादुर बस्नेत, उपप्रमुखमा कल्याणी खड्का, बुढानीलकण्ठ नगरपालिकाको प्रमुखमा विनोद चालिसे र शंकरापुर नगरपालिकाको प्रमुखमा ओम कार्की र उपप्रमुखमा समिता श्रेष्ठले उम्मेदवारी दिने छन् ।