चीनबाट उच्च शिक्षा हासिल गरेका २८ वर्षीय भरतलाई मेयरको टिकट

चीनबाट उच्च शिक्षा हासिल गरेका २८ वर्षीय भरतलाई मेयरको टिकट


ग्लोब नेपाल
1.3k
Shares

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले चीनबाट स्नातकोत्तर सकेर फर्किएका २८ वर्षीय युवकलाई मेयरको टिकट दिएको छ । डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा चीनबाट उच्च शिक्षा हासिल गरेर दुई वर्षअघि फर्केका भरत जोशीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट उनी नगरसभापतिमा निर्वाचित भएका थिए। जोशीले हिजो सोमबार उम्मेदवारी दर्ता गराएका छन्। चीनबाट स्नातकोत्तर सकेर फर्केपछि उनी गत दुई वर्षदेखि परशुराम नगरपालिकामै बसी समाजसेवामा क्रियाशील रहेको स्थानीयले जानकारी दिएका छन्।