को हुन् ३१ वर्षीया उपमेयरको उम्मेदवार मेघा शाही ?

को हुन् ३१ वर्षीया उपमेयरको उम्मेदवार मेघा शाही ?


ग्लोब नेपाल
388.5k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलबाट जीतपुर सिमरा उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी मेघा शाही ३१ वर्षको उमेरमा उपमहानगरपालिकाको कमान्ड सम्हाल्दै छिन् । बाराको अम्लेखगन्ज निवासी मेघा शाही विद्यार्थी राजनीतिबाट उदाएकी हुन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अम्लेखगन्जमा कक्षा ६ मा पढ्दा राजनीति सुरु गरेकी शाहीले दुई पटक ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संघ (नेविसंघ) को इकाइ सभापति भइन् । जहिले विवादस्पद बन्ने गरेको ठाकुरराम बहुमुखी क्याम्पसमा शाहीको कार्यकाल विवादरहित रहेको थियो । संगठनभित्र समन्वय र सबैलाई समेटेर लैजान सक्ने शाहीको क्षमता यसअघिको कार्यशैलीले स्पष्ट पारेको छ ।

शिक्षा र कानुन विषयमा स्नातक गरेकी मेघा मधेश प्रदेशको सम्भवतः कान्छी उपमेयरको उम्मेदवार हुन् । चुनौतिले भरिएको मधेश प्रदेशको राजनीतिमा महिला नेतृत्वले अर्थ राख्छ ।