बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा


ग्लोब नेपाल
324
Shares

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । वानिन्दु हसरंगाले १८ रनको योगदान गरे । राजस्थानका कुलदिप सेनले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेकाे थियाे । राजस्थानका रियान परागले सर्वाधिक ५६ रन बनाए । यस्तै कप्तान सन्जु सामसनले २७ रन बनाए । बेङ्गलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २-२ विकेट लिए ।

जितसँगै राजस्थानले ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बेङ्गलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ ।